तस्करीको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा
वीरगञ्ज । पर्सा प्रहरीले वीरगन्जबाट बिल बिजक भन्दा ७४ लाख ८७ हजार बढीको हार्डवेयर पार्टस तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डबाट उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले ट्रक चेकजाँचको क्रममा बिल विजक नभएको हार्डवेयर तथा मोटर पार्टस् एवं खुद्रा सामान भेटिएपछि ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित सामानको ७४ लाख ८७ हजार २ सय २३ रुपैयाँ मूल्याङ्कन गरी थप कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी प्रह्लाद कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्