तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

दाङ । दाङमा प्रहरीले चोरी भएका मोटरसाइकलको खोजीमा विशेष अप्रेसन थालेको छ । 

प्रहरीले सुरु गरेको अप्रेसनका क्रममा चोरीको मोटरसाइकलसहित तीन जनालाई ६ वटासहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको छ । 

रोल्पा रुन्टीगढी ९ घर भई हाल घोराही १४ निवासी ३० वर्षीय भानुभक्त बाठा, तुलसीपुर १९ घर भई हाल घोराही ११ निवासी २१ वर्षीय मदन पुन र तुलसीपुर १८ निवासी १८ वर्षीय बादल नेपालीलाई चोरीको मोटरसाइकलसहित प्रहरीले सार्वजनिक गरेको हो ।

चोरीमा संलग्नमाथि अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button