तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक निर्णायार्थ पेश हुने 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज  दिउँसो १ बजे बस्ने  भएको छ ।

आजको बैठकमा नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गरियोस् भनी निर्णायार्थ पेश गर्ने कार्यसूची छ । 

आजकै बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button