तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक स्थिरताका लागि दलहरूको शुद्धीकरण आवश्यक : महासचिव पोखरेल 

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनैतिक स्थिरताका लागि दलहरूको शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा एमाले प्रचार विभागले आज काठमाडौँमा आयोजना गरेको अनलाइन सञ्चार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा महासचिव पोख्रेलले राजनीतिक दल बलियो भए मात्रै देशलाई नीतिगत नेतृत्व दिन सक्ने बताउनुभयो । 

सरकार सञ्चालनमा साना राजनैतिक दलहरूको सत्ता स्वार्थ हाबी हुँदा सरकार दिशाविहीन हुने गरेको बताउनुहुँदै महासचिव पोखरेलले लोकतन्त्रलाई बलियो बनाउन दलहरूको शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । 

सम्पादकहरूको एक प्रश्नको जवाफमा महासचिव पोखरेलले नेकपा एमाले सङ्घीयता खारेज हुनुपर्छ भन्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले  सङ्घीयताका कारण नभई खराब नीतिका कारण देशको आर्थिक अवस्था कमजोर हुँदै गएको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button