तपाईँ सुन्दै हुनुहुन्छः

टोल सुधार समितिलाई २३० वटा डस्बिन वितरण

सप्तरी । वडा र समाज सफा राख्न कञ्चनरुप नगरपालिका १२ रुपनगरले वडामा रहेका टोल सुधार (विकास) समितिलाई २ सय ३० वटा डस्बिन वितरण गरेको छ ।

कञ्चनरुप १२ मा बुधबार आयोजित एक कार्यक्रमबिच नगर प्रमुख ललन प्रसाद गुप्ताले टोल सुधार समितिका अध्यक्षहरूलाई उक्त डस्बिन हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख गुप्ताले नगरलाई स्वच्छ र सफा राख्न सरसफाइ अति नै आवश्यक भएकाले वितरित डस्बिनको सही सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

कञ्चनरुप–१२ को आ.व. २७८/०८९ को वडा स्तरीय योजना अन्तर्गत विनियोजित रकमबाट वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाइ कायम गरी उदाहरणीय टोल निर्माणका लागि डस्बिन वितरण गरिएको वडा नम्बर १२ का अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button