सवारी दुर्घटनाबाट झापामा एक वर्षमा ११६ जनाको मृत्यु
झापा । पछिल्लो एक वर्षको अवधिमा झापामा सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।
आर्थिक वर्ष ०७८/७९ मा ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनामा ९६ जनाको ज्यान गएको थियो ।
ट्राफिक प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार यस अवधिमा २५४ जना सख्त घाइते र ७०२ जना सामान्य घाइते भएका छन् । आ.व. ०७८/७९ मा ५६ ट्रक, ३८ बस, १०२ जिपकार, ५५५ मोटरसाइकल, ३५ ट्र्याक्टर, ४९ ट्याम्पो, ६६ साइकल, ठेला र अन्य ११ गरी ९१२ दुर्घटना भएको थियो । अघिल्लो आर्थिक वर्षमा १ हजार १ वटा दुर्घटना भएको झापा ट्राफिकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्