तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका वडा नं. ९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ९ का ३० बर्षीय सुशील केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा केसी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मृतक केसीका १७ बर्षीया बहिनी कुष्मा केसी घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

ठक्कर दिने बस र चालक इप्रका गारुसिंगेको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button