जनताको जीवनस्तरमा सुधार ल्याउन सुखी नेपाली, समृद्ध नेपालको नारा : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धहरू र तिनीहरू माथिको पहुँचमा समानुपातिक वितरण गर्न सके मानव समाज सुन्दर र सुखी हुनसक्ने बताउनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष ओलीले समग्र समाज र जनताको जीवनस्तरमा सुधार ल्याउन सुखी नेपाली समृद्ध नेपालको नारालाई एमाले पार्टीले अघि सारेको बताउनुभयो ।
उहाँले प्रशिक्षणले पार्टी सङ्गठनलाई गतिशील बनाउन मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले पार्टीलाई आगामी निर्वाचनमा बागमती प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन प्रशिक्षण महत्त्वपूर्ण रहेको बताउनुभयो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र स्थायी समिति सदस्य काशीनाथ अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्