पानीमा डुबेर एक बालकको मृत्यु
झापा । झापाको मेचिनगर एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ५ निवासी पूर्णबहादुर लिम्बूका दुई वर्षीय छोरा इनसाहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर– ५ स्थित राम मन्दिर टोलमा मंगलबार खेल्ने क्रममा घर अगाडिको पैनीमा बालक डुबेका थिए । घरभन्दा दुई सय मिटर दक्षिण पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर उनलाई निकालेका थिए । तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले बालक मृत भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्