तपाईँ सुन्दै हुनुहुन्छः

मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसका कारण देशभर सामान्य बदली रहेको जनाइएको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक- दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) नेपालको पूर्वी भू-भागमा सरदर (normal position)  स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदर (normal position) को आसपास अवस्थित रहेको छ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश   र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै अन्य स्थानका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित  हल्का वर्षा भइरहेको छ।


२०७९ साउन ३ गते (मंगलबार)
 

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०७९ साउन ४ गते (बुधबार)

दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०७९ साउन ५ गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button