‘कलिला खान’ सार्वजनिक
तनहुँ । प्रतिनिधि सभा सदस्य कलिला खानले ‘कलिला खान’ पुस्तक सार्वजनिक गर्नुभएको छ ।
खानको बाल्यकालदेखि संसद्सम्मका सङ्घर्षका अनुभूति समेटेर लेखिएको पुस्तक मङ्गलवार सार्वजनिक गरिएको हो ।

सांसद खानद्वारा लिखित पुस्तक सार्वजनिक गर्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पाठ्य संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा सांसद खानले पुस्तकमा आफ्ना जिन्दगीका कथाहरू समेटिएकाले अध्ययनपछि प्रतिक्रियाको अपेक्षा राखेको बताउनुभयो ।
तनहुँबाट प्रतिनिधि सभा सदस्यमा मनोनीत भएकी सांसद खान मुस्लिम समुदायको अधिकारलाई सुनिश्चित गर्न सदनमा आवाज उठाउँदै आउनुभएको छ ।
दमौली स्थायी ठेगाना भएकी खान तत्कालीन नेकपा एमालेको राजनीतिबाट उदाउनुभएको हो भने अहिले एकिकृत समाजवादी पार्टीमा संलग्न हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्