तपाईँ सुन्दै हुनुहुन्छः

‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’

काठमाडौँ । काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदो माटो निस्किएको छ । 

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेटो माटो पुगेको छ । 

उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ ।  अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button