तपाईँ सुन्दै हुनुहुन्छः

बस्ती विकास तथा भवन निर्माण सम्बन्धी मापदण्ड समयानुकूल परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बस्ती विकास तथा भवन निर्माण सम्बन्धी मापदण्ड समयानुकूल परिमार्जन गर्न निर्देशन दिएको छ । 

समितिको आजको बैठकमा सभापति कल्याणी कुमारी खड्काले भवन निर्माण सम्बन्धी मापदण्ड,२०७२ को संशोधन गरी देशको भौगोलिक अवस्थिति अनुरुप मापदण्ड तयार गर्न निर्देशन दिनुभयो ।

उहाँले हिमाल, पहाड र तराईको भूगोल र वातावरण अनुकूल मापदण्ड निर्माण गर्नुपर्ने बताउनुभयो । 

बैठकमा सहरी विकास मन्त्री मेटमणि चौधरीले सम्बन्धित क्षेत्रका विज्ञ एवम् प्राविधिकहरूसँग आवश्यक छलफल गरी सबैको सुझावको आधारमा नीति निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button