थप ३ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ३ सय ५७ सङ्क्रमित भएका छन् ।
३ हजार ३ सय ५७ नमुना परिक्षण गर्दा ३ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६२ जना मुक्त भएका छन् ।
पछिल्लो समय कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्