पूर्व प्रधानमन्त्री द्वय दाहाल र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले डा.भट्टराई लगायतका नेताहरूलाई कारबाही गरे पनि भट्टराई पक्ष पाँच दलीय गठबन्धनमै रहने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसको केन्द्रिय समितिले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने भनी गरेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्