तपाईँ सुन्दै हुनुहुन्छः

१८ वर्ष माथिका नागरिकलाई आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर मात्रा खोप दिइने

काठमाडौँ । काठमाडौँमा आजदेखि १८ वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।

काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको कोभिसिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

दोस्रो मात्रा खोप लगाएको ३ महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

आजदेखि सुरु भएको खोप अभियान शुक्रबार सम्म सञ्चालन हुनेछ । खोप बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सबै स्वास्थ्य संस्थामा उपलब्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button