तपाईँ सुन्दै हुनुहुन्छः

धनी पुर्जा वितरणमा समन्वय र सहयोग गर्न राष्ट्रिय भूमि आयोग झापाको आग्रह

झापा । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई जग्गाधनी प्रमाण पुर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

आयोगले जग्गाधनी प्रमाण पुर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । सोमबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा आयोजित छलफलमा राष्ट्रिय भूमि आयोग झापाले जिल्लामा ६० हजार बढी परिवारलाई धनी पुर्जा वितरण गर्नुपर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो ।

विगतमा गठन भएका सुकुम्वासी समस्या समाधान आयोगले तथ्याङ्क सङ्कलन गरेका करिब ३५ हजार र २५ हजारभन्दा बढी नयाँ गरी ६० हजार परिवारलाई धनीपूर्जा वितरण गर्नुपर्ने अवस्था रहेको आयोग झापाका अध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो ।

पाण्डे नेतृत्वको आयोगले जिल्लामा ६ महिनाको अवधिमा ८३ वटा जग्गा धनी प्रमाण पुर्जा वितरण गरिसकेको छ । २०३४ सालदेखि समस्या देखिएको गौरादह नगरपालिकास्थित महारानी झोडाका ५० परिवार र बुद्धशान्ति गाउँपालिका २ का ३३ परिवारलाई धनीपूर्जा वितरण गरिसकिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button