डाक्टरमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका डाक्टरमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएका छन् ।
अस्पतालका कार्यालय प्रमुख डा.धर्मेन्द्र पाण्डेयमाथि सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्व कर्मचारीलाई छानविन गरी कारबाही नगरुन्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।
कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेबाट लागु हुने गरी सेवाबाट हटाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्