तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभामा पेश 

काठमाडौँ । खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश भएको छ 

राष्ट्रियसभाको आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक सभासमक्ष पेश गर्नुभयो ।

विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीमा देखिएका यावत समस्याको दीर्घकालीन समाधानका लागि  विधेयकलाई चाँडै कानुनी रूप दिनुपर्ने बताउनुभयो । 

यस्तै, शपथ सम्बन्धी विधेयक,२०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भएको छ ।

समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले उक्त प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button