तपाईँ सुन्दै हुनुहुन्छः

कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न प्रधानमन्त्री देउवाको निर्देशन (भिडियो)

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवाले सबै किसिमका कमैया श्रमिक परिवारहरूको मुक्तिका लागि बनेको कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौँमा आयोजित कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री देउवाले कमैया श्रम सम्बन्धी ऐन २०५८ को पूर्ण कार्यान्वयन गर्न, गराउन सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र मातहातका निकायलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले हरवा चरवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलियाको सम्मानपूर्व जीवन बाँच्न पाउने हकलाई कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय सरकारलाई समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ हजार २१ मुक्त कमैया घर परिवारलाई जमिन र घर उपलब्ध गराइएको जानकारी दिनुभयो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालको कार्यकालमा सरकारले २०५७ साल साउन २ गते मुक्त कमैया मुक्तिको घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button