सुवेदी जापानका लागि नेपाली राजदूत नियुक्त
काठमाडौँ । जापानका लागि नेपालको आवासीय राजदूतमा डा. दुर्गा बहादुर सुवेदी नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्