तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । 

शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गर्नुभएको हो । 

कोषले जारी गरेको विज्ञप्तिअनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरको परल मूल्य रु १०० मा प्रिमियम बापत रु ३३५ थप गरी प्रति कित्ता रु ४३५ का दरले रु तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ बराबरको शेयरको प्रत्याभूति गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button