लुम्बिनी प्रदेश: मन्त्रालयको नाम फेरियो
रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएको छ । लुम्बिनी प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै केही मन्त्रालयको जिम्मेवारी हेरफेर भएको जानकारी दिइएको हो ।
अर्थ तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाम र जिम्मेवारी फेरिएको छ । त्यसैगरि, स्वास्थ्य मन्त्रालयको पनि नाम परिवर्तन गरिएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताउनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको दरबन्दी आ.व. २०७९/८० का लागी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र जगदीशपुर बर्ड स्यादधुअरी (पेक्षी आरक्ष) कार्ययोजना व्यवस्थापन योजना (२०७९८, २०६३/६४) स्वीकृत गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालय प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालय कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दिपक राज नेपाललाई जिम्मेवारीसहित कामकाज गर्न दिन निर्णय भएको मन्त्री शर्माले बताउनुभयो । बैठकले प्रदेश प्रशिक्षण आदेश २०७८ खारेज गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्