कोरोना संक्रमण बढ्दै गएपछि बीरगंज कारागारमा उच्च सतर्कता

बीरगंज । देशभर कोरोना संक्रमण दर बढ्दै गएपछि अहिले बीरगंज कारागारमा उच्च सतर्कता अपनाइएको छ ।
विराटनगर कारागारमा रहेका ५४ जना कैदीबन्दी एक साथ संक्रमित भएको घटनासँगै बीरगंज कारागारमा समेत संक्रमण फैलिन सक्ने देखिएपछि भेटघाटमा गर्दा स्वास्थ्य परीक्षणपछि मात्रै कारागार भित्र आफन्तलाई भेटघाटका लागि व्यवस्था मिलाइएको वीरगंज कारागारका पूर्व नाइके दिनेश साह सोनारले जानकारी दिनुभयो ।
बीरगंज कारागारमा अहिले ६२ महिला, २ नाबालकसहित १ हजार ३ सय ४१ जना कैदीबन्दी रहेका छन् ।
यसअघि कोरोना सङ्क्रमणको पहिलो चरणमा दुई वर्षअघि बीरगंज कारागारमा रहेका झण्डै ८ सयभन्दा बढी कैदीबन्दी संक्रमित भएका थिए ।
कारागारभित्र कोरोना फैलिएसँगै दुई बर्ष अघिदेखि नै कारागारमा भेटघाट र स्वास्थ्य परीक्षणलाई कढाइका साथ पालना गरिएको साहले बताउनुभयो ।
यसैबीच अहिले प्रचण्ड गर्मीको कारण कारागारका कैदीबन्दीहरु समेत प्रभावित भएका छन् । गर्मीका कारण उत्पन्न एलर्जी र घमौराका कारण कारागारभित्र समस्या भएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्