तपाईँ सुन्दै हुनुहुन्छः

बर्षायाममा खडेरीले धारा सुक्दा बीरगंजमा खानेपानीको समस्या

बीरगंज । खडेरीका कारण खानेपानीको धारा सक्न थालेसँगै बीरगंज तथा पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव सृजना भएको छ । 

लामो खडेरी र प्रचण्ड गर्मीका कारण असारमा धान रोप्न नपाएका किसानहरूले अब हुँदाहुँदै पिउने पानीको अभाव समेत खेप्नुपरेको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी विनोद यादवले विगत एक सातादेखि चापा कल धारा सुकेपछि घरमा खानेपानीको समस्या भएको बताउनुभयो । विगत दशकाँैदेखि बर्षायाममा यसरी तराई मधेशमा पहिलो पटक धारा सुकेको यादवले गुनासो गर्नुभयो ।

अहिले बीरगंज नगर क्षेत्रका सरकारी खानेपानीको धारा जडान भएका स्थानमा बसोबास गर्ने अधिकांश नगरवासीको घरमा रहेको चापाकलहरु सुक्न थालेपछि खानेपानी तथा नुहाउने, कपडा धुन समस्या भएको छ । 

दिनभर मोटर चलाउँदा समेत एक टयांकी पानी जम्मा हुन नसक्ने र धारामा पानी सुक्न थालेपछि प्रचण्ड गर्मीमा दैनिकी समेत प्रभावित भएको बीरगंज महानगरपालिका वडा नम्बर ५ निवासी कोपिला थापाले बताउनुभयो । 

विगतका वर्षहरूमा बर्षायाममा डुबानमा परेर हैरानी खेप्दै आएका बीरगंजका बासिन्दाहरूले यस पटक प्रचण्ड गर्मी र लामो खडेरीसँगै खानेपानीको धारा सुक्दा थप समस्यामा परेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button