तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै

file photo

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । 

बैठकमा सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा नेताहरूले बोल्ने क्रम सकिएपछि निर्णयका लागि पेश हुने प्रस्तावहरूबारे छलफल गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत सोमबारदेखि जारी छ । 

नेपाली काँग्रेसको विधान अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी १४ जना पदाधिकारी रहने व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button