रासस श्रव्य दृश्य सेवाको शुभारम्भ (फोटोफिचर)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्य दृश्य (भिडियो) सेवाको आज शुभारम्भ गर्नुभएको छ ।

रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो ।

विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एक मात्र समाचार समितिका रुपमा अविच्छिन्न रुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिई रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गर्नुभएको छ ।

मुलुकमा टेलिभिजनको सङ्ख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो ।

विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । त्यसबेला राससले श्रव्यदृष्य सेवालाई प्रविधि सम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो ।












प्रतिक्रिया राख्नुहोस्