तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले धारणा राख्नुहुने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । 

स्थानीय तह निर्वाचनको समीक्षा, सरकार सञ्चालनमा पार्टीको भूमिका तथा समसामयिक विषयमा छलफल गर्न गएको सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकमा आज पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । 

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको र आज पार्टीका शीर्ष नेताहरूले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । 

नेपाली काँग्रेसको विधान अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी १४ जना पदाधिकारी रहने व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button