तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको विपद् सेवी पुरस्कार मेलम्ची नगरपालिकालाई

सिन्धुपाल्चोक । बागमती प्रदेशको विपद् सेवी पुरस्कार मेलम्ची नगरपालिकाले पाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बागमती प्रदेश सरकारले मेलम्ची नगरपालिकालाई  सम्मान गरेको हो ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय एवम् सम्मान र पदक सिफारिस समितिले पदक तथा सम्मानका लागि सिफारिस गरेको थियो । समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा खनालले २०७९ जेठ १५ गते सम्मान घोषणा भएको जानकारी दिनुभयो ।

२०७८ साल असार १ गते र त्यसपछि आएको बाढी र अन्य विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारले सम्मान गरेको हो । सम्मान पत्र ग्रहण पश्चात् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा विपद् प्रभावितहरूको पुनर्स्थापना तथा स्थायी आवास निर्माणका लागि प्रदेश सरकार सघं सरकारको सहयोगको अपेक्षा राख्नुभयो ।

उहाँले स्थानीय तह मेलम्ची एक्लैले केही गर्न नसक्ने भन्दै बाढी प्रभावितको पुर्नउत्थानको लागि प्रदेश सरकारले चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो । उद्धार तथा राहतको काममा स्थानीय सरकारले भ्याएसम्मको काम गरेको उल्लेख गर्दै तामाङले आगामी दिनमा पनि हातेमालो गर्दै तिनै तहसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button