तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दश स्थानीय तहको ३३ करोड ७१ लाख बढी बेरुजु 

सल्यान । सल्यानका १० स्थानीय तहको बेरुजु रकम ३३ करोड बढी रहेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखापरीक्षण गरेकोमा  ३३ करोड, ७१ लाख ८० हजार बेरुजु देखिएको हो । 

प्रतिवेदनका अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाको ४ दशमलव २२ प्रतिशत रहेको छ भने कम शारदा नगरपालिकाको १ दशमलव १५ प्रतिशत रहेको छ । 

त्रिवेणी गाउँपालिकाले ८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ । यस्तै शारदा नगरपालिकाले १ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखापरीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ । 

कुन स्थानीय तहको बेरुजु कति ? 

बनगाड कुपिण्डे नगरपालिका 
१ अर्ब १९ करोड ८६ लाख ४९हजार लेखापरीक्षण गरेकोमा  ३ करोड ५९ लाख १८ हजार अर्थात् ३ प्रतिशत बेरुजु

त्रिवेणी गाउँपालिका 
८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु

बागचौर  नगरपालिका
१ अर्ब ४९ करोड ८९ लाख ८२ हजार लेखापरीक्षण गर्दा ६करोड ११ लाख ८५ हजार अर्थात् ४ दशमलव ०८ बेरुजु

कपुरकोट गाउँपालिका
८६ करोड ५४लाख ३२ हजार लेखापरीक्षण गर्दा २ करोड ३ लाख ८५ हजार अर्थात्  २ दशमलव ३६ प्रतिशत बेरुजु 

शारदा नगरपालिका 
१ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखापरीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु 

दार्मा गाउँपालिका
८४ करोड ६ लाख ९४ हजार लेखापरीक्षण गरिदा  २ करोड ८७ लाख १६ हजार अर्थात्  ३ दशमलव ४२ प्रतिशत बेरुजु 

कालीमाटी गाउँपालिका
१ अर्ब १४ करोड ५९ लाख ७७ हजार लेखापरीक्षण गर्दा ४ करोड २६ लाख ७५ हजार अर्थात् ३ दशमलव ७२ प्रतिशत बेरुजु 

कुमाख गाउँपालिका 
१ अर्ब ६ करोड ९४ लाख ६५ हजार लेखापरीक्षण मध्ये ४ करोड २६ लाख ७५ हजार अर्थात्  ३ दशमलव ८५ प्रतिशत बेरुजु

छत्रेश्वरी गाउँपालिका 
१ अर्ब ९ लाख ३३ हजार लेखापरीक्षण मध्ये बेरुजु ३ करोड ७३ लाख ३० हजार अर्थात्   ३ दशमलव ७३प्रतिशत बेरुजु

सिद्ध कुमाख गाउँपालिका 
६३करोड २९ लाख १६ हजार लेखापरीक्षण मध्ये १ करोड ८३ लाख १२ हजार अर्थात् २ दशमलव ८९ प्रतिशत बेरुजु  

प्रतिक्रिया राख्नुहोस्

Back to top button