बाजुरा साक्षर जिल्ला घोषणा

बाजुरा । बाजुरा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य लालबहादुर थापाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
जिल्लाका ९ओ वटै स्थानीय तहका प्रमुख तथा शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ वटै स्थानीय तहले विभिन्न मितिमा साक्षर स्थानीय तहले घोषणा गरेको घोषणा प्रतिवेदनका आधारमा जिल्लाको १५ देखि ६० बर्ष समूहका जम्मा जनसङ्ख्या ९४ हजार २ सय ५ मा ९१ हजार ६ सय ७१ अर्थात् ९७ दशमलव ३१ प्रतिशत जनसङ्ख्याले साक्षर नेपाल बर्ष २०७६को अवधारणा पत्र बमोजिम सक्षमता पूरा गरेकोमा शिक्षा विकास तथा समन्वय इकाई बाजुराद्वारा आयोजित कार्यक्रममा देशको ६० औँ स्थानको रुपमा बाजुरा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय अधिकारी किरण बिकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले अब जिल्लालाई पूर्णसाक्षरता बनाउन सबैले आफु प्रतिबद्ध भएर लाग्ने र अरू सबै सरोकारवालाले पनि आ(आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्ने बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्