उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ।सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र(एकीकृत समाजवादी) का समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।
दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ ।









प्रतिक्रिया राख्नुहोस्