तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता ऐन संशोधन विधेयक अगाडि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधान अनुसार सरकारले नागरिकता विधेयक अगाडि बढाएको भन्दै यसलाई परिस्किृत विधेयकका रुपमा अगाडि बढाउने र कुनैपनि नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित गराउन नहुने बताउनुभएको थियो ।

मन्त्री खाणले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राखेको विरोधको सूचना फिर्ता लिएर यस विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सरकारले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयको छलफलपछि संसदभित्रै सहमतिबाट अगाडि लैजाने प्रयत्न भएको तर अगाडि बढाउन नसकेर फिर्ता गर्नुपरेको बताउनुभयो ।

बुवाआमा नेपाली नागरिक भएर पनि उनीहरूका सन्तानलाई नागरिकता दिन नसकिएका कारण लाखौँको सङ्ख्यामा नागरिकता नपाएका कारण उनीहरूको भविष्य नै अन्यौलता रहेको र दलहरूका बीच छलफल गरी नागरिकता दिन सकियोस् भन्ने उद्देश्यका साथ यो विधेयक आएको मन्त्री खाणले उल्लेख गर्नुभयो ।

तर तीन जना सांसदले यस विधेयकलाई अगाडि नबढाउन माग गर्दै दर्ता गरेको विरोधको सूचना फिर्ता नलिएपछि विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेको छ ।

विरोधको सूचना दर्ता गराउनुभएका सांसदहरुले नागरिकता सम्बन्धी विषय अत्यन्त संवेदनशील रहेको भन्दै यसलाई  हेलचेक्र्याइँको विषय बनाउन नहुने धारणा राख्नुभयो । नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक खेल, राजनीतिक लोकप्रियता र राजनीतिक आँचको विषय नबनाइयोस् भन्दै नागरिकता विधेयक रोक्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button