तपाईँ सुन्दै हुनुहुन्छः

यौन दुर्व्यवहारका आरोपी वडाध्यक्ष घलान हेटौँडाबाट पक्राउ

मकवानपुर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीका अनुसार वडा अध्यक्ष घलानलाई मङ्गलवार दिउँसो हेटौँडा बजारबाट पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौँडा–१० स्थित होटेलमै पुगेर वडाध्यक्ष घलानले असार १८ गते राती यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ ।

वडाध्यक्षलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका वडाध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने समेत प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button