तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित हेटौँडाका छुट्टाछुट्टै स्थानबाट सोमबार तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागु औषधसहित हेटौडा–१६ चिसापानी बस्ने वर्ष ३४ का विकराज वि.क., हेटौडा–१० बस्ने वर्ष ३७ का रञ्जित आले मगर र हेटौडा–२ बस्ने वर्ष ४८ का उज्वलकृष्ण मानन्धरलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले सोमबार अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको प्रहरी टोलीले हटिया त्रिशूले स्थित धरान चतारा सडक खण्डबाट ४० मिली ग्राम खैरो हिरोइनसहित विकराज विक, हेटौडा–१० स्थित मित्र मार्गबाट ४० मिली ग्राम खैरो हिरोइनसहित रञ्जित आले मगर र हेटौँडा–१० स्थित बसपार्कबाट १०० मिली ग्राम खैरो हिरोइनसहित उज्वलकृष्ण मानन्धरलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

लागू औषध सहित नियन्त्रणमा लिइएका उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button