तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू असार २९ बाट बन्द हुने 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा असार २९ गते देखि नगरक्षेत्र भित्रका विद्यालयहरूमा सार्वजनिक बिदा दिन लागेको छ । 

उपमहानगरपालिकाको शिक्षा शाखामा प्रमुख मिहिलाल यादवले असार २९ गतेबाट साउन महिनाको २६ गतेसम्म सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिनु भयो । 

अत्यधिक गर्मीका कारणले विद्यार्थीहरूको स्वास्थ्य अवस्था प्रभावित हुन थालेपछि विद्यालयहरूमा करिब १ महिनाको वर्षे बिदा दिन लागेको छ । अहिले गर्मीका कारणले विद्यार्थीहरूको शरीरमा घाउ खटिरा आउने, टाउको  दुख्ने जस्ता समस्याहरू देखा पर्न थालेको छ ।  

यता नगर क्षेत्रको संस्थागत विद्यालयहरू पनि बन्द गर्नका लागि अनुरोध गरेपनि संस्थागत विद्यालयहरूले आफ्नो तरिकाले बन्द गर्ने भएका जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख यादवले जानकारी दिनु भयो । नगर क्षेत्रको संस्थागत विद्यालयहरू प्याब्सन, एन प्याब्सन तथा मधेश प्याब्सनको निर्णय अनुसार साउन देखि बन्द गर्न लागेको छ । 

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा आधारभूत तथा माध्यमिक गरेर ५१ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button