तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित थापा पक्राउ

तनहुँ। भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन् । उनले साथमा भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button