राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (मंगलबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
आजकै बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र खानेपानी तथा सरसफाइ विधेयक, २०७६ टेबुल गर्ने कार्यसूची छ ।








प्रतिक्रिया राख्नुहोस्