शिक्षकले ‘बाँदे मुढाइ’ शैलीमा विद्यार्थीको कपाल काटिदिए
जुम्ला । जुम्लाको तिला गाउँपालिका ८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक राम भजन यादवले कक्षा कोठामा जबरजस्ती भेडा बाख्राको कपाल काटेजस्तो (बाँदे मुढाई) शैलीमा कपाल काटिदिएका छन् ।

अटेरी गरेको भन्दै प्र अ यादवले कक्षा ९ मा पढ्ने तीन जना विद्यार्थीको कपाल बाँदे मुढाई रुपमा काटिदिएका हुन् ।
भोलि कपाल काटेर आउँछु, आज काट्दिन भन्ने तीन जनाको कपाल बाँदे मुढाइ गरेको, अटेरी गर्ने दुई जना विद्यार्थीलाई समेत कक्षाबाटै बाहिर पठाएको भिडियो सार्वजनिक भएको छ ।

प्रधानाध्यापक रामभजन यादव गलत नियतले नभई धेरै पटक कपाल काटेर आउनु भन्दा अटेरी गरेकोले सम्झाउनका लागि कक्षामा कपाल काटेको बताउनुभयो । यद्यपि, सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत भएको स्वीकार उहाँले गर्नुभयो ।
मनोविर्मशकर्ता नन्दराज आचार्य कुनै कारणले सबै विद्यार्थीका माझ एक जनालाई सजाय दिनु, दण्डित गर्नु गलत भएको र त्यसले बालबालिकामा ट्रमाटिक स्ट्रेस ( अर्थात् दिमागमा आज्ञातजन्य तनाव) को असर पर्ने बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्