तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एक जना मिटर ब्याजी पक्राउ

जनकपुरधाम । गाउँ घरका सोझा साझा जनतालाई ऋण दिएर घरबार विहीन बनाउने धनुषाका एक जना मिटर ब्याजीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–५ का वर्ष ४१ का सुरेश यादवलाई सर्वसाधारणसँग चर्को ब्याजका साथै घर जग्गा हडपेको भन्दै पक्राउ गरी ठगी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजीलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई कडा रुपमा निर्देशन दिनुभएपछि यादव पक्राउ परेका हुन् । यादवले सोही वडाका शिवशङ्कर साह सहितका व्यक्तिलाई ऋण दिएर तेब्बर, चौबर तथा ५ दोब्बर ब्याज र व्याजमाथि पनि ब्याज लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यति मात्र नभई ऋणीबाट कपाली तमसुक बनाउने, जग्गा जमिन ऋणीबाट राजीनामा गर्न लगाउने र ऋणको साँवा र व्याज दिँदा पनि लालपूर्जा फिर्ता नगर्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button