तपाईँ सुन्दै हुनुहुन्छः

चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको  बारे  सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गर्नु भएको हो।

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताउनु भएको छ। संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरू, जसको अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार छैन त्यो विशिष्ट जबरजस्ती कूटनीति हो, उहाँको टिप्पणी छ ।

लगातार २९ पटक संयुक्त राष्ट्रसङ्घको महासभाले संयुक्त राज्य अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ ।

हामी संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायबाट न्यायको लागि आह्वान गर्न, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको परिपालना गर्न र क्युबा विरुद्ध एकपक्षीय रूपमा लगाइएको प्रतिबन्धहरू पूर्ण रूपमा हटाउन आग्रह गर्दछौँ  वाङले भन्नु भएको छ। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button