तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

चार दिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । 

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी हुनुहुन्छ । 

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button