कर्तव्य ज्यान मुद्दामा विवादास्पद आदेश दिने धनुषाका एक न्यायाधीश सर्वोच्च तानिए
जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा विवादास्पद आदेश दिने धनुषाका एक न्यायाधीशको जिम्मेवारी खोसिएको छ ।
सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । उहाँलाई आजदेखि नै लागू हुने गरी काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत श्रोतले जानकारी दिएको छ ।
जिल्ला न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उहाँलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको हो ।
धनुषामा गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएपछि सो फैसलाको सवै तीरबाट चर्को रुपमा आलोचना भएको थियो ।
जनकपुरधाममा भएको व्यवसायिको हत्या काण्डमा प्रहरीले हत्याका अभियोग लगाएका व्यक्तिका विषयमा पोख्त प्रमाण भएको जानकारी दिँदै मुद्दा दायर गरेका थिए । अभियुक्तले आफूले नै गोली हानेको स्वीकार पनि गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्