पूर्वी युक्रेनको भवन हमलामा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो
किभ । पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।
उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा उल्लेख गरेको छ । त्यसैगरी उद्धारकर्ताहरू अन्य जीवित तीन जनासँग सम्पर्कमा रहेको पनि बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्