बलात्कार गरेको आरोपमा वडाअध्यक्ष गिरफ्तार

धनकुटा । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई २५ गते राति पक्राउ गरेको छ । पीडित महिलालाई आरोपितले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताउनु भयो । राईले ती युवतीलाई शुक्रबार तेह्रथुमको बसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धन बनाएर बलात्कार गरेको आरोप छ ।
घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाइएको धनकुटा प्रहरीले जनाएको छ । घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनी निर्वाचित भएका थिए ।
यस्तै विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै धनकुटाको देउराली माविका शिक्षक चन्द्र एवाइ राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । आरोपित फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्