हरिशयनी एकादशीका अवसरमा राष्ट्रपतिबाट तुलसी रोपण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरुवा रोप्नुभएको छ ।
आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ । हिन्दु धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्त्वपूर्ण समय सुरु भएको मानिन्छ ।
औषधीय गुणले युक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडीबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ । यस प्रकार परापूर्व कालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्त्व रहेको पाइन्छ ।रासस








प्रतिक्रिया राख्नुहोस्