अछामका एक प्रशिक्षार्थी प्रहरीको मृत्यु
अछाम । अछामका एक प्रशिक्षार्थी प्रहरीको मृत्यु भएको छ ।
लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो ।
अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
असार २२ गते दिपायलस्थित प्रहरी तालिम केन्द्रमा १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए । उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टरमार्फत कोहलपुर रेफर गरिएको थियो ।
प्रहरीका अनुसार कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज उहाँको मृत्यु भएको हो । मृत्युको कारण भने खुलेको छैन ।







प्रतिक्रिया राख्नुहोस्