मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गर्नुभएको छ ।
उहाँले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गर्नुभएको छ ।
सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिनुहुँदै मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेण्डर’मै सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्