तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको साइकल यात्रामा विष्ट प्रथम

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा महेन्द्रनगरका भुवन विष्ट प्रथम हुनुभएको छ ।

‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ आयोजित ‘शुक्ला-दोधाराचादँनी’ साइकल यात्रामा एक घण्टा ४४ मिनेट ५१ सेकेन्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै विष्ट प्रथम हुनुभएको हो । नेपाली सेनाले कञ्चनपुरमा पहिलो पटक आयोजना गरेको साइकल यात्रामा केशव सिंह भण्डारी द्वितीय र नेपाली सेनाका लालबहादुर गुरुङ तृतीय हुनुभएको छ । प्रतियोगितामा ६३ जना भन्दा बढीको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

साइकल यात्रा सकिएपछि रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम कमान्डका सेनापति उपरथी हिरालाल जोशीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजयी साइकल यात्रीहरूलाई साइकल, प्रमाण पत्र सहित पुरस्कृत गर्नुभएको छ ।

समय समयमा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न जनचेतनामूलक कार्यक्रम र सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धन समेत गर्दै आएको नेपाली सेनाले स्वास्थ्य र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कञ्चनपुरमा पहिलो पटक साइकल यात्रा आयोजना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button