पूर्व प्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइने
काठमाडौँ । नेपालले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बैठकले पूर्व प्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भर्त्सना गरेको छ ।
नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्